जुम्लामा पावर हाउस भासियो, एकै परिवारका तीनजनाको मृत्यु

सुर्खेत । जुम्लामा जलविद्युत आयोजनाको पावर हाउस भासिँदा एकै परिवारका तीनजनाले ज्यान गुमाएका छन् ।

हिमा गाउँपालिकास्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा सोही ठाउँका तीनजनाले ज्यान गुमाएका हुन् ।

राति साढे २ बजे आयोजनाको पावर हाउस भासिंदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार अनुसार मृत्यु हुनेमा पावर हाउसका चौकिदार गोरकबहादुर रावतकी श्रीमती ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ७ वर्षीय सूर्य रावत रहेका छन् ।

तीनैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  उनीहरू तीनैजना पावर हाउसभित्र सुतिरहेका थिए । पानीको फ्लो बढ्दा एक्कासी घर भासिएको प्रहरीले जनाएको छ । प्रहरी चौकीबाट प्रहरी टोली राति ४ बजे नै घटनास्थलमा पुगेको थियो । शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।


Published :३१ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media