राजीनामा दिँदै एआइजी विश्वराज पोखरेल

काठमाडौं । नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले राजीनामा दिने भएका छन् ।

धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालतमा हालेका थिए । शुक्रबार रिट खारेज भएसँगै पोखरेलले राजीनामा दिने भएका हुन् । उनले आइतबार राजीनामा बुझाउने पोखरेल निकट स्रोतले बताएको छ ।

सरकारले सिंहलाई आइजीपी बनाएपछि पोखरेल विदामा बसेका थिए । तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनको एक महिने विदा स्वीकृत गरेका थिए । पुनः विदा माग गरेपछि आइजीपी सिंहले स्वीकार गरेनन् ।

तर एआइजी पोखरेल कार्यालय गएका छैनन् । निरन्तर ४५ दिनसम्म कार्यालयमा नगए कारबाही पनि हुने भएकाले पोखरेलले राजीनामा दिने तयारी गरेका हुन् । उनको कार्यकाल यही साउन २० गतेसम्म मात्र रहेको छ ।


Published :३१ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media