कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ ।

कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि सुरु भएको हो । आजको बैठकमा कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु र केही पदाधिकारीले जवाफ दिने छन् । सरकारको आलोचना भएपछि बैठकमा कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आफूले गरेका कामका बारेमा जवाफ दिने कार्यक्रम राखिएको हो ।

सरकारको कामकारबाहीका बारेमा केन्द्रीय सदस्यहरुले प्रश्न उठाएपछि मन्त्रीहरूले जवाफ दिने कार्यक्रम राखिएको प्रवक्ता प्रकाशशरण महतले बताए । महतका अनुसार जारी बैठक आज समापन हुनेछ ।


Published :३२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media