टी-२० अन्तर्राष्ट्रिय खेलमा न्युजिल्यान्डद्वारा आयरल्यान्ड ३१ रनले पराजित

राष्ट्रपाटी न्युज

४ श्रावण २०७९

लन्डन । न्युजिल्यान्डले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा आयरल्यान्डलाई ३१ रनले पराजित गरेको छ । जितका लागि १७४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.२ ओभरमा १४२ रनमा अल आउट भयो ।

आयरल्यान्डका कर्टिस क्याम्फर २१ बलमा २ चौका र १ छक्कासहित २९ रनमा आउट भए । मार्क आदिर २५, पउल स्टर्लिङ १३ र हृयारी टेक्टरले ५ रन थपे । न्युजिल्यान्डका लोकी फर्गुसनले ३.२ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । कप्तान मिचेल सान्टनार र जेम्स निशमले दुई/दुई विकेट लिए ।

तीन टी-२० आई खेलको सिरिजमा न्युजिल्यान्डले १-० को अग्रता लिएको छ । दोस्रो खेल आज हुनेछ । (एजेन्सी)


Published :४ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media