बूढानिलकण्ठ एमालेको ४५ दिने पार्टी सुदृढीकरण एबम शुद्विकरण अभियान शुरु

राष्ट्रपाटी न्युज

७ श्रावण २०७९

काठमाडौँ । नेकपा एमाले बूढानिलकण्ठले ४५ दिने पार्टी सुदृढीकरण एबम शुद्विकरण अभियान शुरु गर्ने निर्णय गरेको छ। यही श्रावण ६ गते सम्पन्न नगर कमिटिको पूर्ण बैठकले आगामी आम निर्वाचनलाइ लक्षित गर्दै मुख्य १२ बुँदा सहितको बिशेष अभियान संचालन गर्ने निर्णय गरेको हो।

भाद्र १८ गते सम्म संचालन गरिने यस अभियान अन्तर्गत पार्टी संगठनलाइ अझ चुस्त , दुरुस्त ,व्यवस्थित एबम सक्रिय बनाइने एमाले बूढानिलकण्ठ नगर कमिटि अध्यक्ष प्रदिप डंगोलले जानकारी दिएका छन्।

उक्त अभियान अन्तरगत पार्टीका नगर देखि टोल सम्मका सबै कमीटीहरुको नियमित बैठक राख्ने , जनसंगठनका कमिटिहरुलाइ बिस्तार गर्दै थप व्यवस्थित बनाउने, सबै संगठित सदस्यहरुको सदस्यता भाद्र १५ गते सम्म नवीकरण गरिसक्ने , नगर भरि पार्टी कार्यकर्ताहरुको बिचमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने, जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने ,अग्रज व्याक्तित्वहरुलाइ सम्मान गर्ने , सबै पार्टी कमिटिका कार्यालयहरुको व्यबस्थापन गर्ने , आर्थिक व्यबस्थापन गर्ने , राजनैतिक शक्ति सन्तुलनको आधारमा पार्टीका गतिविधि अगाडी बढाउने , नवप्रवेशी नेता कार्यक्रताहरुको उचित व्यबस्थापन गर्ने , पार्टीको कामलाई व्यबस्थित गर्न सल्लाह र सुझाव संकलन गर्ने , सामाजिक संजाल र सूचना प्रवाहको बिषयलाई बिशेष महत्व दिने लगायत रहेका छन्।


Published :७ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media