झापामा एउटै रुखमा झुण्डिए तीन किशोरी

राष्ट्रपाटी न्युज

८ श्रावण २०७९

काठमाडौँ । झापाको कचनकवल गाउँपालिकामा एउटै रुखमा तीनजना किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीका अनुसार आइतबार बिहान ७ बजे स्थानीय चिया बगानमा रहेको एक रूखमा झुण्डिएको अवस्थामा १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेशको शव फेला परेको हो ।

चिया बगानमा मजदुरी गर्दै आएका उनीहरु शनिबार ११ बजेदेखि बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार दुईजना गाईवस्तु बाँध्न प्रयोग हुने डोरी र एकजना सलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । घटनास्थल नेपाल-भारत सीमा क्षेत्रमा पर्छ ।

प्रहरीले तीनैजनाको शव पोष्टमार्टमका लागि पठाउने तयारी गरेको छ । प्रारम्भिक छानबिनका क्रममा उनीहरुले आत्महत्या गरेको हुन सक्ने आशंका गरिए पनि कारण भने खुल्न सकेको छैन ।

 


Published :८ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media