अभिनेत्री मिरूना मगरविरुद्ध मुद्दा

राष्ट्रपाटी न्युज

१२ श्रावण २०७९

काठमाडौँ । फूर्पा तामाङले अभिनेत्री मिरूना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका छन् ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार तामाङले कानुन बमोजिम सजायको माग गरेका छन् ।

फूर्पाले उजुरीमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले माफी माग्ने सवालमा बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको बताएका छन् ।

यस्तै फिल्म प्राविधिक ठकुरीले मिरूनालाई उक्साउने काम गरेको भन्दै उनीविरूद्ध पनि कारवाही माग गरिएको छ । गत जेठ १५ गते काठमाडौंको सिभिल मलस्थित कबड्डी ४ फिल्मको प्रमोसनमा पुगेकी मिरूनाले आफूमाथि दुर्व्यवहार गरेको भन्दै फूर्पालाई थप्पड हानेकी थिइन् ।

साथै उनले प्रहरीमा समेत फूर्पाको अनुचित व्यवहारविरुद्ध उजुरी दिएकी थिइन् । तर तामाङ र लामा समुदाय सार्वजनिक रुपमै विरोधमा उत्रिएका थिए । उनीहरुले प्रदर्शन भइरहेको मिरुनाको फिल्म कबड्डी ४ रोक्न माग माग गरेका थिए । विरोध बढेपछि फूर्पालाई प्रहरीले छाडेको थियो । लगत्तै जेठ १७ गते फिल्मका कलाकार, निर्देशक र लामा गुरुहरु साक्षी राखेर दुवै पक्षबीच माफी माग्ने र दिने सहमति बनेको थियो ।


Published :१२ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media