उत्कृष्ट बिधालय बन्दै इलिक्सर एकेडेमी

राष्ट्रपाटी न्युज

साउन १९, २०७९

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ७ कुमारीगालमा रहेको इलिक्सर एकेडेमी काठमाण्डौ जिल्लामा उत्कृस्ट विद्यालय बन्दै गएको छ।
देशभरबाट ४२ र काठमाण्डौ जिल्लामा १० जना विद्यार्थीहरुले ४ जिपिए ल्याएको एसईइ परिक्षामा दुई जना जिपिए ४ सहित सम्पूर्ण विद्यार्थी ३.६ जिपिए सहित पास गराएको इलिक्सर एकेडेमी उत्कृस्ट विद्यालय बनेको हो।

इलिक्सर एकेडेमीले ४ जिपिए ल्याउन सफल २ जना विद्यार्थीलाई विद्यालयले प्रतिविद्यार्थी एक/एक लाखको पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

औसत जिपिए ३.८१ ल्याएर उत्कृस्ट बनेको इलिक्सर एकेडेमीका २०७८ सालको एसईई परीक्षामा सहभागी ४५ जना विद्यार्थीहरु मध्ये कृतिका सिवाकोटी र प्रतीक पौडेलले ४ जिपिए ल्याएका छन।

नेपाललाई विश्वका विकसित मुलुकहरुको दाँजोमा पुर्याउन सक्ने २१औँ शताब्दी सुहाउँदो योग्य, सक्षम, इमान्दार एवम कर्तव्यनिष्ट नागरिक तयार गर्नु विद्यालयको प्रमुख उद्देश्य रहेको बताउदै विद्यालयका प्रधानाध्याक रविन दाहालले आउँदा वर्षहरुमा पनि विद्यार्थीहरुको मनोबल उच्च राख्न हामीले पुरस्कार घोषणा गरेको जानकारी दिएका छन।

पुरस्कारले विद्यार्थीहरुमा मेहनत गरेपछि प्रतिफल प्राप्त हुन्छ भन्ने भावनाको विकास गराउँछ भन्ने मान्यता राखेको बताउदै प्रधानाध्यपक दाहालले यस वर्ष काठमाडौँ जिल्लामा उत्कृष्ट विद्यालयका रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका शिक्षक ,अभिभावक र विद्यार्थीहरुलाई धन्यवाद दिएका छन।


Published :साउन १९, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media