म प्रदेशसभा सदस्यका लागि स्वभाविक उम्मेदवार – लक्ष्मी संग्रौला

राष्ट्रपाटी न्युज

२० श्रावण २०७९

काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्लाका नेता एबम सचिवालय सदस्य लक्ष्मी प्रसाद संग्रौलाले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ (ख) बाट आफ्नो उम्मेद्वारी स्वाभाविक भएको दावी गरेका छन् ।नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका इन्चार्ज समेत रहेका उनले आगामी निर्वाचनमा प्रदेस सभा निर्वाचनको चुनावी मैदानमा ओर्लन पार्टी भित्र र बाहिर परामर्श समेत थालेका छन् । यस क्षेत्रमा रहेका नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्यहरु सबैले एक हिसाबको जिम्मेवारी पाइसकेको भन्दै अब सबै हिसाबले नेतृत्वको आधारमा पनि प्रदेश क्षेत्रको टिकट पार्टीले आफूलाई दिनुपर्ने उनको तर्क छ।

२०३६ देखि २०४४ सम्म शिक्षण पेशामा सक्रिय रहेर कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याएका संग्रौलाले २०४५ देखि २०६१ सम्म नेपाल टेडयुनियन महासंघ (जिफण्ट) संग आबद्द भई टेक्सटायल गार्मेन्ट मजदुर युनियनको केन्द्रिय नेत्रृत्वमा सक्रिय रहेका थिए।

त्यस पश्चात भूगोलको राजनीतिमा सक्रिय रहेका उनले २०६१ साल देखि साविक कपन हाल बूढानिलकण्ठ -१० मा स्थानान्तरण भएसंगै तत्कालिन ईलाका कमिटीको सहसचिवको जिम्मेवारी बहन गरेका थिए।

२०६४ देखि क्षेत्रिय कमिटि क्षेत्र नं ४ को सदस्यका रुपमा क्रियाशील बनेका संग्रौला २०६७ सालमा भएको काठमाण्डौ क्षेत्र नं ४ को प्रथम क्षेत्रिय अधिबेसनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए।

२०५४ साल देखि निरन्तर सहकारी आन्दोलनमा समेत सक्रिय रहेका संग्रौला भृकुटी बहुउद्देश्यीय सहकारी संस्था लि.को संस्थापक सचिव, काठमाण्डौ जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको संस्थापक सचिव हुदै हाल उपाध्यक्ष समेत रहेका छन।

२०७६ मा नेकपा जिल्ला कमिटि सदस्य, २०७८ माघदेखि जिल्ला कमिटि सचिवालय सदस्य र बूढानिलकण्ठ नगर ईन्चार्जको भुमिकामा रहेका संग्रौलाले कपन बहुमुखि क्याम्पसको आजिवन सदस्य, सिद्देश्वर मन्दिर संरक्षण समाजको महासचिवका रुपमा समेत योगदान पुर्याएका छन।

नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर ४ प्रदेश (ख) मा संग्रौलाका अतिरिक्त उद्दव खरेल, जयराम थापा , बिदुर बिक्रम खडका ,श्रीकृष्ण श्रेष्ठ ,राजन पोख्रेल , रमा राई, केदार राज पुडासैनी लगायतको दावी रहेको छ ।


Published :२० श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media