सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्न बनेको कार्यदलको दोस्रो बैठक बस्दै

राष्ट्रपाटी न्युज

२६ श्रावण २०७९

काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको दोस्रो बैठक आज बस्ने भएको छ ।

दिउँसो २ बजे बालुवाटारमा बैठक बस्ने कार्यदलका सदस्य सचिव केशव जोशीले जानकारी दिनुभयो । पहिलो बैठकबाट नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यदल संयोजक भएका छन् ।

कार्यदलमा कांग्रेसबाट तीन जना र अन्य चार दलबाट दुई/दुई जना सदस्य छन्। कार्यदललाई सिट बाँडफाँटको आधार तय गरी कुन दलले कति सिट लिने सहमति गर्न भनिएको छ।

यो कार्यदलले टुंगो लगाउन नसकेका ठाउँ भने प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताले टुंगो लगाउनेछन् । सम्भवत आजको कार्यदल बैठकमा दलहरूले आ-आफ्ना दाबी पेश गर्नेछन् ।


Published :२६ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media