बम आक्रमणमा परी एक तालिवानी नेताको मृत्यु

राष्ट्रपाटी न्युज

२७ श्रावण २०७९

काबुल । अफगानिस्तानको राजधानी काबुलमा भएको बम आक्रमणमा एकजना धार्मिक नेताको मृत्यु भएको छ ।

तालिवानलाई समर्थन गर्दै आएका र महिलालाई पनि शिक्षा दिनुपर्छ भन्ने विचारका पक्षपाती रहेका धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको आत्मघाती बम आक्रमणमा मृत्यु भएको हो ।

तालिवानी उच्च स्रोतले एकजना पुरुषले कृत्रिम प्लास्टिकको खुट्टाभित्र लुकाइएको बम विस्फोट गराउँदा उनको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई बताएको छ । (एजेन्सी)


Published :२७ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media