सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

राष्ट्रपाटी न्युज

१ कार्तिक २०८१

काठमाडौँ । नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो मूल्य  हालसम्मकै उच्च हो। बुधबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । उक्त मूल्यलाई ब्रेक गर्दै सुनको मूल्यले आज निरन्तर दोस्रो दिन नयाँ उचाई बनाएको हो ।

त्यस्तै, यस दिन चाँदी मूल्य स्थिर रहेको छ । बुधबारको बजारमा कायम मूल्यमा नै चाँदीको खरिदबिक्री भएको हो । चाँदीको मूल्य प्रतिताेला एक हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ ।


Published :१ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media