पाकिस्तान पुगे भारतीय विदेश मन्त्री एस जयशंकर

राष्ट्रपाटी न्युज

२९ आश्विन २०८१

इस्लामाबाद । भारतीय विदेश मन्त्री सुबह्मण्यम जयशंकर मंगलबार सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका लागि पाकिस्तान पुगेका छन् । करिब एक दशकमा आफ्नो प्रतिद्वन्द्वी छिमेकी मुलुकको भ्रमण गर्ने उनी दिल्लीका पहिलो उच्च कूटनीतिज्ञ हुन् ।

विदेश मन्त्रालयका एक अधिकारीका अनुसार जयशंकरको विमान स्थानीय समयानुसार अपराह्न ३ः३० बजे राजधानी इस्लामाबाद नजिकैको विमानस्थलमा अवतरण भएको थियो । सरकारी टेलिभिजनले उनलाई फूलको गुच्छा प्रदान गरिरहेको देखाएको छ, तर स्वागत टोलीमा कुनै वरिष्ठ मन्त्रीहरू संलग्न थिएनन् ।

आणविक शक्ति सम्पन्न भारत र पाकिस्तान कट्टर प्रतिद्वन्द्वी हुन् । दुई मुलुकबीच दीर्घकालीन राजनीतिक तनाव छ । सन् १९४७ मा भारतीय उपमहाद्वीपको विभाजनपछि दुवै मुलुकले तीन वटा युद्ध र अनेकौँ साना झडप लडेका छन् । (रासस/एएफपी)


Published :२९ आश्विन २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media