नेप्सेमा सामान्य अंकको वृद्धि, ७ अर्बमाथिको कारोबार

राष्ट्रपाटी न्युज

१ कार्तिक २०८१

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। दशैँ अघिको अन्तिम कारोबार दिनदेखि बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

बिहीबार नेप्से परिसूचक २.४७ अंक बढेर २७४५.३६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.३१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०९ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक बढेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन साढे ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१६ स्टकको ८० हजार ५९५ पटकको कारोबारमा ७ अर्ब १९ करोड २७ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड ८८ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.१० प्रतिशत घटेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब साढे १ प्रतिशत घटेको छ।

 


Published :१ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media