काठमाडौं क्षेत्र नं ४ (ख) मा मेरो दावेदारी स्वभाविक – राजन पोख्रेल

राष्ट्रपाटी न्युज

२९ श्रावण २०७९

काठमाडौं । सरकारले आगामी मङ्सिर ४ गते आमनिर्वाचनको घोषणा गरे संगै देशभर निर्वाचनको माहोल तातेको छ । काठमाडौं जिल्लाको क्षेत्र नं ४ पनि बिबिध कारण विशेष चर्चामा छ।नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका स्थाई कमिटि सदस्य डा राजन भट्टराई बीच रोचक प्रतिष्पर्धा हुने करिव निश्चित भएर पनि होला, यस क्षेत्रमा चुनावी रौनक बढी नै देखिएको छ। संघीय साम्सदको लागि मात्र होइन, प्रदेश सभामा समेत दावेदारहरुको लिष्ट लामो बनेको छ।

यसैबीच नेकपा एमालेका नेता राजन पोख्रेलले आफू प्रदेश (ख) को प्रदेशसभा सदस्यको लागि स्वाभाविक दावेदार भएको बताएका छन्। नेकपा एमाले काठमाडौं जिल्ला कमिटि सदस्य एबम काठमाडौं क्षेत्र नं ४ प्रदेश (ख) का संयोजक समेत रहेका उनले सबै हिसाबले आफू प्रदेश माननीयका लागि उपयुक्त उम्मेदवार रहेको दावी गरेका हुन्।

२०५१ साल देखि निरन्तर नेकपा एमालेमा सक्रिय रहेका उनले पटक पटक नेकपा एमाले क्षेत्रीय कमिटि सदस्य , बूढानिलकण्ठ नगर कमिटि सचिव समेतको जिम्वेवारी पुरा गरिसकेका छन्। लामो समय देखि सहकारी क्षेत्रमा आबद्व उनि राजनीति संगै समाजसेवामा त्यतिकै सक्रिय छन्।

आगामी मङ्सिर ४ गते हुने आमनिर्वाचनमा यस क्षेत्रका संघीय साम्सदका सम्भावित उम्मेदवार नेकपा एमालेका स्थाई कमिटि सदस्य डा राजन भट्टराईले उनलाई प्रदेश सभा सदस्यका लागि उम्मेदवार छान्नेमा उनि विश्वस्त छन्।

बाँकी समयको गर्भमा छँदै छ।


Published :२९ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media