लोयल्टी एकेडेमीमा अभिमुखीकरण कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौँ – बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ मण्डिखाटारमा रहेको त्यस क्षेत्रकै चर्चित बिधालय लोयल्टी एकेडेमीले कक्षा ११ मा अध्ययनका लागि आएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बिधालय परिसरमा आयोजना गरिएको भव्य कार्यक्रममा यस शैक्षिक सत्रका लागि विद्यालयमा भर्ना भएका कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको हो।

विद्यालयका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल वीरेन्द्र कुरुम्बाङले समग्र बिधालय र हरेक बिषय र फ्याकल्टीको स्कोप र आगामी भविष्यको बारेमा आफ्नो प्रस्तुति राखेका थिए।

कार्यक्रममा विज्ञान र व्यवस्थापन संकाय रोजेका विद्यार्थीहरुलाई उनीहरुले रोजेको संकायका स्कोप र आगामी गन्तव्य लगायतबारे सम्बन्धित शिक्षक शिक्षिकाले जानकारी गराएका थिए ।

कार्यक्रममा आफ्नो धारणा राख्दै विद्यालयका संस्थापक अध्यक्ष विजय साम्बेहाम्फेले लोयल्टी एकेडेमी विद्यार्थीहरुको शैक्षिकसँगै चौतर्फी विकासका लागि प्रयत्नरत रहेको जानकारी गराउँदै विद्यार्थीहरुलाई उनीहरुको सपना पूरा गर्न विद्यालय उपर्युक्त गन्तव्य रहेको बताएका थिए।

यसैबीच लोयल्टीमा व्यवस्थापन संकायमा भर्ना लगभग बन्द भएको र विज्ञानमा समेत बिधार्थीको चाप बढी भएकाले छिटो बिधालयमा सम्पर्क गर्न बिधार्थी तथा अभिभाबकलाइ विद्यालयका प्राचार्य वीरेन्द्र कुरुम्बाङले अनुरोध गरेका छन्। लामो समय देखि शैक्षिक क्षेत्रमा योगदान पुर्याउदै आएको यस क्षेत्रको परिचित शैक्षिक संस्थामा भर्ना हुनु विधार्थीहरुका लागि पनि गर्वको विषय भएको उनको भनाइ छ।

विद्यालयले कक्षा ११ को अध्यापन यही भदौ २ गतेदेखि शुरु गरेको छ ।


Published :२ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media