थप १७३ जनामा कोरोना संक्रमण, ३९६ जना संक्रमणमुक्त

राष्ट्रपाटी न्युज

११ भाद्र २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८३९ परीक्षणमा १७३ जना संक्रमित थपिएका हुन् ।

६४३ पीसीआर परीक्षणमा ६५ जना र दुई हजार १९६ एन्टिजेन परीक्षणमा १०८ जना गरी १७३ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको हो । हाल देशभर कोरोाना भाइरसको सक्रिय संक्रमित संख्या तीन हजार १२ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


Published :११ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media