जगत निरौलाको उम्मेदवारीले काठमाडौं क्षेत्र नम्बर ४ मा तरंग

काठमाडौं । नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का अध्यक्ष तथा युवा नेता जगतप्रसाद निरौलाले आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेश तथा संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४(ख) मा नेकपा एमालेबाट आफ्नो दावेदारी प्रस्तुत गरेका थिए ।

भाद्र १० गते शुक्रवार साँझ पत्रकार भेटघाट आयोजना गर्दै उनले उम्मेद्वारी दावीका मुद्दा र विषयहरु प्रस्तुत गरेका थिए । उनले तीसौ वर्ष देखि विभिन्न लाभका पदमा बसेका पुस्तालाई सम्मानपुर्वक अन्य जिम्मेवारी दिएर नयाँ र युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नु पर्ने तर्क गरेका थिए ।

पत्रकार सम्मेलनमा उनले बाँडेकाे विज्ञप्तिमा एकै खाले र एकै तप्काका मानिसले वर्षाैँदेखि पाेस्ट तथा पाेजिसन खाेज्ने र पाउने विषयकाे अन्त्य नभैकन विकासकाे नयाँ साेच नआउने समेत उल्लेख गरेका छन्।

यसै सन्दर्भमा केहि अनलाइन मेडियाहरुमा काठे र पाखे भन्दै समाचार प्रकाशित भएपछी यस क्षेत्रमा तरंग पैदा भएको छ। पार्टी भित्र खेल्ने र भूगोल र बसाईसराइको आधारमा मतदाताहरुको बिभाजन हुने देखिएको भन्दै नेकपा एमाले भित्र तथा बाहिर समेत व्यापक चर्चा भएपछी केहि अनलाइन मेडीयाहरुले समाचार हटाएका छन् भने केहिले खण्डन या प्रस्टोक्ति छाप्ने क्रम जारि छ।

उम्मेदवार दावेदार निरौलाले समेत आफू कुनै हिसावले पनि विभाजनको पक्षमा नरहेको भन्दै नेतृत्व हस्तान्तरणको मुद्दा नछोड्ने बताएका छन्।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Published :भदौ १२, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media