नेपाल र केन्याबीचको दोस्रो एकदिवसीय क्रिकेट आज

काठमाडौँ । नेपालले आज (शनिबार) केन्याविरुद्ध दोस्रो एकदिवसीय क्रिकेट खेल्दै छ । पहिलो एकदिवसीयमा ७ विकेटको जित हात पारेको नेपालले शनिबार दोस्रो एकदिवसीय खेल्न लागेको हो ।

नाइरोबीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ । नेपालले केन्याविरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेल सोमबार खेल्नेछ । यसअघि ५ खेलको टी२० सिरिज नेपालले ३–२ ले आफ्नो पक्षमा पारेको थियो ।


Published :भदौ १८, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media