महानगरले हटाउन थाल्यो असनको फुटपाथ व्यापार पनि

राष्ट्रपाटी न्युज

२१ भाद्र २०७९

काठमाडौँ । अनाधिकृत निर्माण गरिएका संरचना हटाउने अभियान थालेको काठमाडौँ महानगरपालिकाले असन क्षेत्रका फुटपाथको व्यापार पनि हटाउन थालेको छ ।

इन्द्रचोक क्षेत्रमा पछिल्लो समय अव्यवस्थित रुपमा सञ्चालनमा भइरहेको पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको महानगरले आजदेखि फुटपाथमा राखिका पसलहरु पनि हटाउन सुरु गरेको हो ।

काठमाडौँ महानगरको नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खालि गराउन थालिएको बताए ।

असन क्षेत्रमा हिँड्ने मान्छेका लागि फुटपाथमा राखेका भाँडाकुँडा, क्रिष्टलका सामग्रीहरु, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्रीहरु भोलि बिहानसम्म हटाउन निर्देशन दिएको पाण्डेले बताएका छन्। असनका साँघुरा गल्लीका दुबैतिरको फुटपाथमै पसल थापेपछि यात्रुहरुलाई आउजाउ गर्न समस्या हुने गरेको छ ।


Published :२१ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media