बूढानिलकण्ठ-१२ मा बालेनको शैलीमा शम्भु भट्टराई एक्सनमा

राष्ट्रपाटी न्युज

२१ भाद्र २०७९

काठमाडौँ । बूढानिलकण्ठ नगरपालिका वडा नं १२ ले आगलागीको खतरा र फोहोर भएको भन्दै अब्यबस्थित रुपमा बत्तिको पोलमा राखिएका बिभिन्न कम्पनीका केवल र इन्टरनेटका तारहरु हटाउन सुरु गरेको छ। दुई पटक सूचना जारी गरेर आग्रह गर्दा पनि अटेर गरेपछी वडाले तेन्जिङ चोकबाट विजुलीका खम्बामा रहेका तारहरु हटाउन सुरु गरेको हो।

पटक पटक सुचना जारी गर्दा पनि केवल र इन्टरनेटका तार प्रयोग गरेका कम्पनीहरुले अटेर गरेपछि वडाले यो अभियान सुरु गरेको भन्दै वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले अन्य स्थानका खम्बाहरुको पनि तार व्यवस्थापन गरिने जानकारी दिएका छन् ।

आज वडा नं १२ का जनप्रतिनिधिहरुको उपस्थितिमा नगरपालिकाका नगर प्रहरीहरुले सो क्षेत्रका खम्बामा रहेका तारहरु हटाउन सुरु गरेका हुन् ।

वडाको यो कार्यबाट वडाबासीमा पर्न गएको असुविधा प्रति क्षमायाचना गर्दै वडाध्यक्ष भट्टराईले सभ्य, व्यवस्थित र समृद्द वडा निर्माणको अभियानमा साथ दिन सबैलाई अनुरोध गरेका छन्।


Published :२१ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media