
काठमाडौँ । ओखलढुंगाको फूलबारी-७ कोलचौर निवासी निलहरी सुवेदीकी छोरी यशोधा अधिकारी बोनम्यारो रोगबाट पीडित भएकाले उपचारका लागि आर्थिक सहयोग गर्न परिवारजनले आग्रह गरेको छ ।
केही हप्तादेखि काठमाडौँको वानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत अधिकारी गम्भीर प्रकृतिको रोग लागेर उपचार गराइरहेकी छिन् । पीडित अधिकारीको परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उपचार खर्च अभाव हुन नदिन कोलचौर युवा क्लबले सहयोगको अभियान नै सञ्चालन गरेको छ ।
कोलचौर युवा क्लवले बिरामीलाई आर्थिक सहयोग गर्नका लागि तेज सुवेदीको नाममा कुमारी बैक लिमिटेडमा खाता खोलेको छ । क्लबले कुमारी बैकमा सुवेदीको नाममा खाता नं 1180102364900001 मा रकम जम्मा गर्न आमसहयोगी महानुभावहरुलाई अनुरोध गरेको छ ।