साफ यू-१७ मा नेपालद्वारा भारत ३-१ गोलले पराजित

राष्ट्रपाटी न्युज

२४ भाद्र २०७९

काठमाडौँ । श्रीलंकामा जारी साफ यू १७ च्याम्पियनसिपमा नेपालले शुक्रबार भारतविरुद्ध सानदार जित निकालेको छ । समूह विजेता र उपविजेताको टुंगो लाग्ने खेलमा उत्कृष्ट पूनरागमनका साथ नेपालले ३–१ को जित हासिल गरेको छ ।

नेपाल समूहको विजेता र भारत उप विजेता बनेको छ । नेपालले ६ अंक जोड्दा भारतको ३ अंक मात्र छ । भुटान अंकविहीन रहँदै यसअघि नै च्याम्पियनसिपबाट बाहिरिएको छ । १–० ले पछि परेको खेलमा नेपालले उल्टाएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा १–१ को बराबरी गरेको नेपालले दोस्रो हाफमा २ गोल थपेको थियो । नेपालका लागि सरोज दर्लामी, युनेश बुढाथोकी र सुवास बमले समान १ गोल गरे ।

२५ औं मिनेटमा भारतका लागि ड्यानी मेतीको गोलमा भारतले अग्रता लिएको थियो । ४५ औं मिनेटमा सरोजले बराबरी गोल फर्काएका थिए । दोस्रो हाफको चौथो मिनेटमा नै युनेशको गोलबाट नेपालले अग्रता लिएको थियो । ६७ औं मिनेटमा सुवासले गोल थपेका थिए । नेपाल र भारतले दुवैले पहिलो खेल जित्दै सेमिफाइनलको यात्रा तय गरिसकेका छन् ।


Published :२४ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media