काठमाडौँ । महानगरले पटक पटक परेको आग्रहलाई बेवास्ता गर्दा तीनकुनले कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । डोजर चलाउनु अघि महानगरले सो क्षेत्रामा रहेका फुटपाथ हटाउन सडक व्यवसायीलाई अनुरोध गर्दै आईरहेको थियो ।
अघिल्लो हप्ता कोटेश्वरको सुन्दर बजार सहितको क्षेत्रमा महानगरले डोजर चलाएको थियो । सोही क्रममा अन्य स्थानको फुटपाथ पनि महानगरले खाली गर्न भन्दै आएको थियो । तर महानगरको सूचना अटेर गरेर फुटापथ ढाकेर बनाएको पाली, भर्याङ, सिंडीहरु हटाउन महानगरले डोजर चलाएको हो ।
उनले महानगरभरि रहेका अनधिकृत संरचना हटाउने अभियान निरन्तर भएको भन्दै अटेर गरेमा बल प्रयोग गर्ने बताए । महानगरले कोटेश्वर क्षेत्रमा यो महिनामा मात्रै तीन पटक डोजर चलाइसकेको छ ।