काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने भएका छन् । चिकित्सा शिक्षा सुधारका ७ बुँदे माग राखी डा. केसीले धनगढीमा सत्याग्रह सुरु गर्न लागेका हुन् ।
डा. केसीले आज साँझ ५ बजेदेखि सत्याग्रह सुरु गर्न लागेको डा.केसी निकट स्रोतले बताएको छ । उनले सरकारी स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय हुनुपर्ने, जलवायु परिवर्तनले पारेका असरबारे समयमै सचेत रहनुपर्नेलगायत चिकित्सा शिक्षा सुधारका ७ बुँदे माग राखेका छन् । सत्याग्रह सुरु गर्न डा. केसी धनगढी जाने भएका छन् ।