काठमाडौँ । काठमाडौं महानगरपालिकाको टोलीले टुकुचा खोला खोज्न उत्खनन् गरेको छ । बिहीबार महानगरपालिकाको टोलीले जय नेपाल हलको कम्पाउन्डभित्र टुकुचा खोला खोज्न उत्खनन गरेको हो ।
डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा फेला परेको महानगर स्रोतले जनाएको छ । बढ्दो शहरीकरणका कारण यो क्षेत्रमा टुकुचा खोला गायब थियो । महानगरपालिकाले साउन १२ गते ३५ दिने सूचना जारी गरेर टुकुचा अतिक्रमण हटाउन निर्देशन दिएको थियो । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको उक्त खोला अतिक्रमण गरेर संरचना निर्माण गरिएको भन्दै स्थानीयवासीले उत्खननको माग गर्दै आएका थिए ।