राष्ट्रिय यूवा संघ नेपालको प्रथम बूढानिलकण्ठ नगर अधिवेशन हुँदै

राष्ट्रपाटी न्युज

२ आश्विन २०७९

काठमाडौं ।नेकपा एमालेको भात्री संगठन राष्ट्रिय यूवा संघ नेपालले बूढानिलकण्ठ नगरपालिकामा प्रथम नगर अधिवेशन आयोजना गर्ने भएको छ। भोलि असोज ३ गते संबिधान दिवसको दिन बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेको कार्की इभेन्ट्समा भव्य समारोहका बिच नगर अधिवेशन संचालन गरिने राष्ट्रिय यूवा संघ नेपाल बूढानिलकण्ठ नगरपालिकाका अध्यक्ष कर्ण लामाले जानकारी दिएका छन्।

भोलि दिउसो ३ बजे नेकपा एमालेका स्थायी कमिटि सदस्य एबम परराष्ट्रविद डा राजन भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गर्न लागिएकोले सम्पूर्ण बूढानिलकण्ठबासि न्यायप्रेमी यूवाहरुलाई कार्यक्रममा सहभागी हुन उनले अनुरोध गरेका छन्।


Published :२ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media