काठमाडौं। नेकपा एमालेको भात्री संगठन राष्ट्रिय यूवा संघ नेपालले बूढानिलकण्ठ नगरपालिकामा प्रथम नगर अधिवेशन सम्पन्न गरेको छ। असोज ३ गते संबिधान दिवसको दिन बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेको कार्की इभेन्ट्समा भव्य समारोहका बिच सम्पन्न प्रथम अधिवेशनबाट पुरुषोत्तम सापकोटाको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिएको छ । उक्त नगर अधिवेशनबाट उपाध्यक्षमा भोला विक्रम खड्का,सचिवमा हेव्सिवा तामाङ, सह–सचिवमा शिशिर श्रेष्ठ, सोनाम तामाङ र विक्रम श्रेष्ठ चयन भएका छन् ।
नेकपा एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा , यूवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष सहित बूढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारि ,उपप्रमुख अनिता लामा , पुर्व प्रमुख उद्दव खरेल लगायत नेकपा एमालेको प्रदेश, जिल्ला तथा नगर कमिटिका धेरै जसो पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
युवा संघका नेता कर्ण लामाको अध्यक्षता तथा पुरुषोत्तम सापकोटाको संचालन रहेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी स्थानीय प्रभावशाली यूवा नेता राजन कार्कीको नेतृत्वमा २ दर्जन यूवा नेकपा एमालेमा प्रवेश गरेका थिए। प्रवेश गरेका युवाहरुलाई प्रमुख अतिथि डा. भट्टराई लगायत अतिथिहरुले अविर र खादा लगाई स्वागत गरेका थिए ।
उक्त नगर अधिवेशनबाट चयन भएका सदस्यहरुको नामावली यस प्रकार रहेको छ।