बूढानिलकण्ठ नगरपालिकाको नगर प्रवक्तामा नवराज भट्टराई चयन

काठमाडौं । बूढानिलकण्ठ नगरपालिकाको नगर प्रवक्तामा वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई चयन भएका छन् । आज बसेको नगर कार्यपालिकाको बैठकले भट्टराईलाइ प्रवक्तामा चयन गरेको हो। भट्टराई यस अघिको उद्दव खरेलको कार्यकालमा समेत नगर प्रवक्ता थिए।

स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय सम्म समेत नगर प्रवक्ता तथा नगर प्रमुखको सचिवालय एबम सल्लाहकारको टिम बन्न नसक्दा नगरपालिकाका नियमित कार्य सम्पादनमा असर परेको थियो।

नगरपालिकामा कर्मचारीको दादागिरी बढेको र उपप्रमुखको दवदवा रहेको हालको अबस्थामा नवनियुक्त प्रवक्ता भट्टराईले कसरि आफ्नो कार्यक्षमता प्रस्तुत गर्छन् , त्यो त समयले नै बताउला।


Published :अशोज ७, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media