थप ७४ जनामा कोरोना संक्रमण, एकको मृत्यु

राष्ट्रपाटी न्युज

८ आश्विन २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१ सय २६ नमूना परीक्षण गरिएकोमा ७४ जना संक्रमित थपिएका हुन्  ।

मन्त्रालयका अनुसार संक्रमणका कारण एकजनाले ज्यान समेत गुमाएका छन् । हालसम्म कोरोना संक्रमणका कारण नेपालमा १२ हजार सात जनाले ज्यान गुमाइसकेका छन् । अहिले देशभार १२ सय ८३ जना सक्रिय संक्रमित भए पनि क्वारेन्टाइनहरू सबै खाली रहेका छन् ।


Published :८ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media