एकैदिन थप १०५१ जनामा डेंगु संक्रमण, मृतकको संख्या ३२ पुग्यो

राष्ट्रपाटी न्युज

१० आश्विन २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ५१ जना डेंगु संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमबारसम्म २५ हजार ५४३ जना डेंगु संक्रमित थपिएका हुन् । यसअघि आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो ।

अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९१० मा डेंगु संक्रमित भएका छन् ।

त्यसैगरी लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण भएको छ ।

हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी गरेको छ । संक्रमितको संख्या दिनदिनै बढिरहेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।


Published :१० आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media