आजको मौसमः प्रदेश १, मधेश र बागमतीमा हल्का वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

अशोज १३, २०७९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ ।

हाल प्रदेश १ लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहेको छ। । प्रदेश १, मधेश र बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा भईरहेको छ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश र बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।


Published :अशोज १३, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media