बस र ट्रक एकआपसमा ठोक्किँदा १५ जना घाइते, चारको अवस्था गम्भीर

राष्ट्रपाटी न्युज

अशोज १७, २०७९

काठमाडौँ । कैलालीबाट बझाङका लागि छुटेको बस र बझाङबाट धनगढीतर्फ गईरहेको ट्रक एक आपसमा ठोक्किदा कम्तीमा १५ जना घाइते भएका छन् । डडेल्धुराको आलिताल गाउँपालिका १ मा पर्ने गङखेत भन्ने स्थानमा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार सदूरपश्चिम यातायातको ना ५ ख ६७३४ नम्बरको बस र से१ख ८७८ नम्बरको ठोक्किएको हो ।
दुर्घटनामा परी घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइते २ जनालाई धनगढी र २ जनालाई जिल्ला अस्पताल डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ । बसमा २४ जना सवार थिए ।


Published :अशोज १७, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media