दाङमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका दुईजनाको मृत्यु

राष्ट्रपाटी न्युज

अशोज २२, २०७९

काठमाडौँ । दाङको देउखुरी क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका–६ लठ्ठहवाका ३६ वर्षीय सुलेस चौधरी र ३६ वर्षका लहानु चौधरी रहेका छन् । उनीहरु सशस्त्र प्रहरीका जवानहरु हुन् ।

बाढीपीडितको उद्धारमा खटिएका उनीहरू लु ४० प ४९२२ नम्बरको मोटरसाइकल चढेर लमहीबाट भालुबाङस्थित कार्यालय फर्किने क्रममा गए राति राप्ती गाउँपालिका–३ मसुरियामा दुर्घटनामा परेका थिए । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने दुवैजना सशस्त्र प्रहरीका जवान रहेको सशस्त्र प्रहरी बल २९ नम्बर गण भालुबाङले जानकारी दिएको छ ।


Published :अशोज २२, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media