राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या, शिक्षण अस्पतालमा भर्ना

राष्ट्रपाटी न्युज

२२ आश्विन २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना हुनुभएको छ ।

शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उहाँका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । ‘रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएको हो,’ उहाँले भन्नुभयो ।

अस्पतालका उपनिर्देशक डा. निरज बमका अनुसार राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको छ ।


Published :२२ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media