मुगुमा पहिरोमा परी ५ को मृत्यु, ११ जना बेपत्ता

राष्ट्रपाटी न्युज

अशोज २४, २०७९

मुगु ।  मुगुको छाँयानाथ रारा नगरपालिका–११ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा ११ जना बेपत्ता भएका छन् ।

उद्दारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।


Published :अशोज २४, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media