यस्तो छ, काठमाडौं क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको टिम !!

राष्ट्रपाटी न्युज

अशोज २४, २०७९

काठमाडौँ। आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि मनोनयन दर्ताको कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँ जिल्लाको क्षेत्र नम्बर ३ मा समेत मनोनयन कार्यक्रम सकिएको छ। नेपाली कांग्रेसबाट काठमाडौँ क्षेत्र नं ३ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ गोकर्णेश्वोर नगरपालिकाका पुर्व नगर प्रमुख सन्तोष चालिसेले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरि क्षेत्र नं ३ (क) तर्फ छिरिंङ दोर्जे लामा र प्रदेश (ख) मा बिमल ठकुरीले निर्वाचन अधिकृतको कार्यलय गोकर्णमा उम्मेदवारी दर्ता गराएका हुन्।


Published :अशोज २४, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media