हुम्लामा पहिरोमा पुरिएर ४ को मृत्यु, ५ जना घाइते

राष्ट्रपाटी न्युज

२५ आश्विन २०७९

सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिका–६ स्थित मासीधारामा आइतबार रातिको पहिरामा पुरिएर चार जनाको मृत्यु भएको  छ । ती चारै जनाको पहिचान खुलिसकेको र उनीहरू एउटै परिवारको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

पहिरामा पुरिएर ६० वर्षीया तुलसा, सात वर्षीय वसन्त , नौ वर्षीया सुस्मिता  र १२ वर्षीया हैजाली विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

पहिरामा परेर पाँच घाइते भएका छन् । घाइते हुनेमा ३८ वर्षका देउच्या , ३६ वर्षीया अङ्गती , १४ वर्षीया मनिका , १२ वर्षीया निरुता  र तीन वर्षीय तवेन्द्र विक  छन् । घाइतेमध्ये अङ्गतीको अवस्था गम्भीर छ ।


Published :२५ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media