नवौं राष्ट्रिय खेलकुदको औपचारिक रूपमा उद्घाटन (फोटो फिचर)

राष्ट्रपाटी न्युज

अशोज २८, २०७९

पोखरा । नवौं राष्ट्रिय खेलकुदको औपचारिक रूपमा उद्घाटन भएको छ । शुक्रबार अपराह्न उपराष्ट्रपति पुनले पोखरा रंगशालामा ९‍औं राष्ट्रिय खेलकुदको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक समूहले झाँकी प्रस्तुत गरेका थिए । त्यस्तै प्रतियोगितामा सहभागी हुने टिमहरूले मार्चपाससमेत गरेका थिए ।

उद्घाटन समारोहमा ३ सय जना स्वयंसेवक खटिएका छन् । उद्घाटन समारोहको अन्त्यमा आतिशबाजी हुनेछ । आतिशबाजीका लागि भारतबाट प्राविधिक पोखरा आएका छन् । रंगशालालाई सिँगारेर चिरिच्याट्ट बनाइएको छ ।

रातमा पनि रंगशालालाई आकर्षक बनाउन लेजर लाइटको प्रयोग गरिएको छ ।विभिन्न विद्यालयका विद्यार्थी, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, खेलाडी र खेल पदाधिकारीको सहभागिताले उद्घाटनलाई स्मरणीय बनाउने प्रयत्न रहेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

 


Published :अशोज २८, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media