एथलेटिक्सको महिला १० हजार मिटरमा बागमतीकी सन्तोषीले जितिन् स्वर्ण 

राष्ट्रपाटी न्युज

अशोज २९, २०७९

काठमाडौँ ।  नवौँ बृहत् राष्ट्रिय खेलकुदको एथलेटिक्सतर्फ महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।

पोखरा रङ्गशालामा शनिवार बिहान भएको दौडमा १३औँ दक्षिण एसियाली खेलकुद (साग)की समेत स्वर्ण पदक विजेता रहेकी सन्तोषीले बागमती प्रदेशलाई एथलेटिक्सतर्फ पहिलो स्वर्ण जिताएकी हुन् ।

सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२.२९ सेकेन्डमा पूरा गरिन् । यस्तै, नेपाल पुलिस क्लबकी राजपुरा पछाईले रजत तथा सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी पुष्पा भण्डारीले कास्य पदक जितेकी छन् ।

राजपुराले ३६ मिनेट २९ सेकेन्डमा पूरा गरेकी थिइन् । कास्य विजेता पुष्पाले ३७।०४ सेकेन्डमा निर्धारित दूरी पार गरेकी थिइन् । यसअघि आजै भएको पहिलो स्पर्धाको महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

 


Published :अशोज २९, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media