‘लाइभ डिबेट’ मा आउन तयार छुः एमाले अध्यक्ष ओली

राष्ट्रपाटी न्युज

१ कार्तिक २०७९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘लाइभ डिबेट’ मा आउन आफू तयार रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा रहेका धेरै प्रयोगकर्ताले चुनावी एजेन्डालगायत विषयमा ‘लाइभ डिबेट’ मा आउन आग्रह गरेकोमा आफू त्यसका लागि तयार रहेको पनि ओलीले उल्लेख गरेका छन् ।

धेरै प्रयोगकर्ताले ओली र प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच ‘लाइभ डिबेट’ हुनुपर्ने माग गरिरहेको ओलीको दाबी छ ।

निर्वाचनका बेला पश्चिमा देशहरूले यस्तो लाइभ डिबेट गर्ने गर्छन् । त्यस्तै लाइभ डिबेटका लागि आफू तयार भएको बताउँदै आज ओलीले फेसबुकमा लेखेका छन्, ‘म त यसका लागि तयार छु, देउवाजी नि ?


Published :१ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media