नवौं राष्ट्रिय खेलकुदको ज्याभलिन थ्रोमा आर्मीका रोहितलाई स्वर्ण

राष्ट्रपाटी न्युज

कार्तिक २, २०७९

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ज्याभलिन थ्रोमा पुरुषतर्फ त्रिभुवन आर्मीका रोहित चौधरीले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा बुधबार रोहितले ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन् । ज्याभिलन थ्रोमा खुर्सिद अहमदको नाममा ७०.३९ मिटरको कीर्तिमान छ । रजत र कांस्य पदक भने अर्को विभागीय टोली एपीएफले जित्यो ।

एपीएफका रमेश पोखरेलले ५५.४३ मिटर थ्रो गर्दै रजत जिते भने एपीएफकै मनोज डगौराले ५३.३९ मिटर थ्रो गर्दै कांस्य पदक जितेका छन् ।


Published :कार्तिक २, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media