
काठमाडौं । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न दुई दिन म्याद थपेको छ ।
अघिल्लो पटक थपेको चार दिनको समयसिमा सकिएपछि जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई थप दुई दिन दिएको हो ।
उनलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । मैनालीका अनुसार लामिछानेविरुद्धको मुद्दामा अनुसन्धान लगभग सकिएकाले आइतबार साँझसम्म जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल बुझाउने तयारी प्रहरीको छ ।
क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज पुगेका बेला भदौ २१ गते उनीमाथि बलात्कारको आरोप लागेको थियो ।