उदयपुरमा भिरबाट मोटरसाइकल खस्यो, दुईजनाको मृत्यु

राष्ट्रपाटी न्युज

९ कार्तिक २०७९

काठमाडौँ । उदयपुरमा भिरबाट मोटरसाइकल खस्दा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

कटहरी नगरपालिका ११ हर्देनीस्थित सिद्धिचरण सडक खण्डमा कटारीबाट हर्देनीतर्फ जादै गरेको लु ८८ प १८५६ नम्वरको मोटरसाइकल भिरबाट ५०० मिटर तल खसेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

भिरबाट मोटरसाइकल खस्दा मोटरसाइकल चालक २४ वर्षका यम्बर बहादुर श्रेष्‍ठ ५०० मिटर तल मृत अवस्थामा भिरमा अड्किएको अवस्थामा फेला परेका थिए ।

उक्त मोटरसाइकलको पछाडि बसेका २१ वर्षीया इन्दिरा कार्की सडकबाट ५ मिटर तल रुखमा अल्झिई गम्भीर घाइते भएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


Published :९ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media