हेटौंडा । मकवानपुरको हेटौंडा-१० स्थित तरकारी बजारमा आगलागी भएको छ। आज दिउँसो १२:३५ बजे भएको आगलागीबाट करिब ५० लाख रुपैयाँको क्षति भएको मकवानपुर प्रहरीले जनाएको छ।
आगलागीबाट एक घर र ३ पसलमा क्षति भएको प्रहरीको अनुमान छ। हेटौंडा उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।