माओवादीका बागी उम्मेद्वार पार्टीबाट निष्काशित

राष्ट्रपाटी न्युज

१२ कार्तिक २०७९

काठमाडौं । माओवादी केन्द्रले आफ्ना पार्टीका बागी उम्मेदवारहरूलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ । माओवादी केन्द्रले विशेष परिपत्र जारी गर्दै पाँचजना उम्मेदवारलाई निस्काशन गरेको हो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज भण्डारी, अशोककुमार मण्डल, वीरेन्द्र यादव, दीपेन्द्रबहादुर पुन र काशीचन्द्र बराललाई साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेको हो ।

हेमराज भण्डारीले धनकुटाबाट प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस्तै, अशोककुमार मण्डलले सप्तरी-१ (संघ), वीरेन्द्र यादवले पर्सा-४ (संघ), दीपेन्द्रबहादुर पुन मगरले प्रदेशतर्फ रोल्पा १ र काशीचन्द्र बराल (संघ)ले कालीकोटबाट उम्मेदवारी दिएका छन् ।


Published :१२ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media