सन्दिप लामिछानेले असोज २० गते नेपाल फर्किएर आत्मसमर्पण गर्ने

राष्ट्रपाटी न्युज

अशोज १५, २०७९

काठमाडौं । बलात्कारको आरोप खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने असोज २० गते नेपाल फर्किएर आत्मसमर्पण गर्ने भएका छन् ।

एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि विदेशमै लुकेर बसेका लामिछानेले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् यही असोज २० गते नेपाल फर्किने बताएका छन् ।

उनले भनेका छन्- ‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु।’ उनले आफू निर्दोष भएको बताउँदै चाँडै न्याय पाउने विश्वास समेत व्यक्त गरे । केही समय सम्पर्कविहीन भएका लामिछानेले पछिल्लो पटक आफू तनावमा भएकोले आइसोलेसनमा बसेको बताएका थिए ।


Published :अशोज १५, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media