साफ यू–१५ मा आज नेपाल र बंगलादेश भिड्ने

राष्ट्रपाटी न्युज

१९ कार्तिक २०७९

काठमाडौँ । साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज दोस्रो खेल खेल्दैछ ।

नेपालले दोस्रो खेलमा आयोजक तथा बलियो टोली बंगलादेशको सामना गर्नेछ । ढाकामा हुने खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ । नेपाल आज लगातार दोस्रो जितको योजनामा हुनेछ । तर, बंगलादेशविरुद्ध नेपाललाई सहज हुने छैन । बंगलादेश पनि आज लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश दुबैले भुटानलाई हराएको थियो । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो ।

नेपाल ३ अंक जोडेर दोस्रो स्थानमा छ । बंगलादेश ३ अंक जोडेर शीर्ष स्थान रहेको छ । भुटान अंक विहीन रहदै पुछारमा छ ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।


Published :१९ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media