खोइ कुसुम कुमार कार्कीको चस्मा ?!!

राष्ट्रपाटी न्युज

२० कार्तिक २०७९

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४(२) का निबर्तमान प्रदेश सभा सदस्य एबम अहिलेका गठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार कुशुम कुमार कार्कीले अचेल आँखामा चस्मा (गगल्स ) लाएको देख्न पाइंदैन । चस्मा सोखिन रहेका उनले चस्मा नलगाउंदा धेरैले अनौठो मान्ने समेत गर्छन। मुख फोरेरै नभनेपनि उनलाई लामो समय देखि चिन्नेहरुको मनमा भने जहिल्यै यो प्रश्न उठ्ने गर्छ। केहि समय अगाडीसम्म उनि हरेक औपचारिक अनौपचारिक कार्यक्रमहरुमा आँखामा चस्मा सहित उपस्थित हुने गर्थे। उनि पार्टीका बैठक वा अन्य कार्यक्रममा फरक फरक किसिमका चस्मा (गगल्स ) लगाएर उपस्थित भएका हुन्थे । धेरै लामो समय देखि नै उनि चस्मा फेरी फेरी लगाउने गर्थे। उनि जुनसुकै कार्यक्रम वा भ्रमणमा रहदा पनि चस्मा कहिल्यै छुटेको हुदैनथ्यो।

तर अहिले कार्कीले चस्मा लगाउन छोडेका छन्। उनका सबै प्रचार सामाग्रीहरुमा चस्मा बिनाको तस्विर प्रयोग गरिएको छ भने उनि स्वयं पनि बिना चस्मा कार्यक्रममा उपस्थित हुने गरेका छन् ।

राष्ट्रपाटि संगको कुराकानीमा समेत उनले धेरैले आफ्नो चस्माको कुरा गरेकोले चस्मा लगाउन छोडेको बताएका थिए। सार्वजनिक जीवनमा धेरै मान्छेहरुका आफ्ना आफ्ना सोख हुने गर्छन। कार्कीको शोख भने अहिले पुरा नभएको देख्न सकिन्छ।

कार्की हाल गठबन्धन सहित चुनावी घरदैलो कार्यक्रममा व्यस्त छन्।

 

 

 


Published :२० कार्तिक २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media