स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी राधा पोख्रेल डा.भट्टराईको अभियानमा

राष्ट्रपाटी न्युज

२२ कार्तिक २०७९

काठमाडौं। आगामी मङ्सिर ४ गते हुन गैरहेको निर्वाचनमा चर्चाको केन्द्रमा रहेको काठमाडौं क्षेत्र नम्बर ४ मा राजनीतिक ज्वरो बढ्दै गएको छ। नेकपा एमालेका उम्मेदवार डा राजन भट्टराई तथा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाका बीच मुख्य रुपमा प्रतिष्पर्धा हुने यो क्षेत्रमा केहि स्वतन्त्र उम्मेदवारहरु समेत रहेका छन्।

यसै बीच केहि समय अगाडी काठमाडौं क्षेत्र नम्बर ४ मा स्वतन्त्र रुपमा प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्ने घोषणा गरेकी राधा पोख्रेलले नेकपा एमालेका उम्मेदवार डा राजन भट्टराईलाइ समर्थन गर्दै एमालेको अभियानमा जोडिएकी छन्। नेपाली पुजिबजार लगानीकर्ता संघ कि अध्यक्ष समेत रहेकी बहुचर्चित महिला अधिकारकर्मी पोख्रेलले राजनीतिक दल बिना स्वतन्त्रहरुबाट मात्र राजनीतिक परिवर्तन सम्भव नभएकाले आफू स्वतन्त्र उम्मेदवार नबनेको बताएकी छन्। अहिले बुझेर भन्दा पनि कतिपय स्वतन्त्र उम्मेदवारहरु बालेन र हर्क साम्पाङ्गलाइ हेरेर लहडको भरमा समेत चुनावमा उठेको भन्दै दल बिहिन भएर परिवर्तन गर्न कठिन हुने दावी समेत गरेकी छन्।

काठमाडौं क्षेत्र नम्बर ४ मा अब नेतृत्व परिवर्तन गर्ने बेला आएको भन्दै बिगत पन्ध्र बर्ष गगन थापालाई जिताएर पठाएपनि परिवर्तन र बिकासको अबस्था देख्न नपाइएको भन्दै यो पटक डा राजन भट्टराईलाइ जिताउन लागिपरेको उनको भनाइ छ। गत निर्वाचनमा पराजित भएर पनि काठमाडौं क्षेत्र नम्बर ४ को विकास निर्माण लगायतका गतिविधिमा डा भट्टराई निरन्तर सक्रिय भएको कारण आफू उहाँसंग प्रभावित भएको उनले बताएकी छन्।


Published :२२ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media